नेप्सेमा २६ अंकको पहिरो

न्युजलय १८ जेठ २०८३, सोमबार ०३:३१ मा प्रकाशित

काठमाडौँ । सोमबार शेयरबजारमा २६ अंकमाथिको पहिरो गएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक २६.७२ अंकले घट्दै २ हजार ७५५.३७ अंकमा झरेको छ । आज १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे भएको छ । 

२३३ कम्पनीका शेयर मूल्य घटेका छन् भने जम्मा ३५ वटाको मात्र मूल्य केही बढेका छन् । यसदिन ५ अर्ब ५१ करोड ४३ लाख ७४ हजार रुपैयाँ बराबरका १ करोड ३३ लाख ८३ हजार कित्ता शेयर दोस्रो बजारमा किनबेच भएका छन् ।