सल्यान । गुडिरहेको गाडीमा एक्कासी आगलागी भएपछि नेपालगन्जदेखि दार्मा गाउँपालिकाको फारुला जाँदै गरेको गाडीमा भएका सामान जलेर नष्ट भएको छ । यात्रुहरु भने सकुशल छन् । भे १ ख ३७५० नम्बरको फोर्स गाडी जिल्लाको बाग्चौर नगरपालिका १ चोरखोला नजिकै आगलागी भएको हो ।
थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ । तार सट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ । गाडीमा २९ जना सवार थिए ।