नेप्से ३८.१० अंकले घट्यो

न्युजलय १२ भदौ २०८२, बिहिबार ०३:४३ मा प्रकाशित

 काठमाडौं । सेयर बजार परिसूचक (नेप्से) आज घटेको छ । सोमबारदेखि लगातार बढेको नेप्सेमा बिहीबार उच्च अंकले गिरावट आएको हो ।

बिहीबार ३८.१० अंकले घट्दै नेप्से २७८१ को बिन्दुमा ओर्लिएको छ । 

बिहीबार परिसूचकसँगै अधिकांशजसो समूहको पनि सूचक घट्यो । सामूहिक लगानी र निर्जीवन जीवन बिमा समूहको सूचकमा झिनो अंकको वृद्धि हुँदा बाँकी सबै समूहको सूचकमा गिरावट आयो ।

परिसूचकमा उच्च अंकले गिरावट आए पनि बिहीबार कारोबार रकममा भने सुधार आयो । १ करोड ७८ लाख ९१ हजार कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ८ अर्ब ९ करोड ५६ लाख रुपैयाँमाथिको रह्यो ।