धनकुटा । धनकुटामा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ७ पुगेको छ ।
चौबिसे गाउँपालिका–१ गडेरेमा पहिरोले पुरिएर घाइते भएकामध्ये बालकको मृत्यु भएसँगै संख्या थप भएको हो । मृत्यु हुनेमा ११ वर्षीय सञ्जाल श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।
बालकको स्थानीय स्वास्थ्य चौकीमा उपचारको क्रममा बुधबार(आज) दिउँसो मृत्यु भएको हो । यसअघि घटनास्थलमा ६ जनाको मृत्यु भएको थियो ।
मृत्यु हुनेमा घरधनी ६० वर्षीय भीमबहादुर श्रेष्ठ, उनका नाति ९ वर्षीय विनोद, ५ वर्षीया नातिनी निर्जला र झापा दमक नगरपालिका ११ घर भएका पाहुना ३९ वर्षीय सञ्जिव श्रेष्ठ, ३८ वर्षीया लक्ष्मी श्रेष्ठ र ७ वर्षीया दिप्सन श्रेष्ठको मृत्यु भएको थियो ।
५ जना घाइते भएका छन् । जसमध्ये गम्भीर घाइते ३३ वर्षीया उषा श्रेष्ठ र २९ लीला श्रेष्ठको हेलिकप्टरबाट उद्धार गरी धरानस्थित बीपी प्रतिष्ठानमा उपचार भइरहेको जनाइएको छ ।
अन्य घाइते लीला श्रेष्ठ, गणितकुमारी श्रेष्ठ, चन्द्रकुमार श्रेष्ठ र उषा श्रेष्ठको बुधबारे स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । घाइतेको प्रहरीर स्थानीयवासीले उद्धार गरेका थिए ।