विराटनगरमा लागुऔषधसहित एक जना पक्राउ

न्युजलय २३ कार्तिक २०७८, मङ्गलबार १२:४८ मा प्रकाशित

विराटनगर । मोरङको विराटनगर महानगरपालिका–१६ बाट लागुऔषध ट्याब्लेट सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।


आज दिउँसो ३ बजेको समयमा भारतीय बजार जोगवनीबाट नेपाल तर्फ आउँदै गरेका मादी गाउँपालिका–९ सङ्खुवासभाका ३९ वर्षीय राजु गुरुङलाई चेकजाँच गर्दा उनको साथबाट लुपिजेसिक ४० एम्पुल, फेनारगन ४० एम्पुल, डाईजाल्याब ४० एम्पुल र एभिल ४१ एम्पुल बरामद भएको थियो ।


लागुऔषध सहित पक्राउ परेका गुरुङको विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।