सर्लाही । सर्लाहीको मलङ्गवामा आइतबार राति गोली प्रहार गरी एक जना इन्जिनियरको हत्या भएको छ ।
पूर्वाधार विकास कार्यालय मलङ्गवामा कार्यरत इन्जिनियर ३६ वर्षीय प्रमोदकुमार यादवको हत्या भएको हो । सिरहाको सुखिपुर नगरपालिका–६ बैशाखा घर भएका यादवलाई आइतबार राति मलङ्गवा नगरपालिका १० देबीटोलस्थित डेरामा गोली प्रहार भएको हो ।
छातीमा गोली लागेर अचेत भएका यादवलाई प्रादेशिक अस्पताल मलङ्गवा पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । इन्जिनियर यादवलाई फोन गरी डेरा बाहिर बोलाएर गोली प्रहार गरेको बताइएको छ ।
घटना लगत्तै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ गरेर गोली प्रहार गर्ने मानिसको खोजी भइरहेको सर्लाही प्रहरीले जनाएको छ ।गोली प्रहारपछि इन्जिनियर यादवको हत्या भएपछि नेपाल–भारत सीमा क्षेत्रमा समेत कडाइ गरी ठूलो सङ्ख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।