बढ्यो सुनचाँदीको मूल्य

न्युजलय ७ साउन २०८३, बिहिबार ११:४५ मा प्रकाशित

काठमाडौं । आज सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ । हिजो बुधबारको तुलनामा सुन तोलामा ३०० रुपैयाँ र चाँदी २५ रुपैयाँले बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य दुई लाख ९१ हजार ३०० रुपैयाँ निर्धारण भएको छ । 

यस्तै चाँदी चार हजार ५ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।