कवि कृष्ण जोशीको निधन

न्युजलय १३ मङ्सिर २०७९, मङ्गलबार ०९:१० मा प्रकाशित

काठमाडौं । साहित्यकार कृष्ण जोशीको ८३ वर्षको उमेरमा निधन भएको छ । सरकारी सेवामा लामो समय कार्यरत जोशी पूर्व प्रशासक हुन् ।


साहित्यकार जोशी वासु शशी स्मृति परिषद्का पूर्व अध्यक्ष पनि हुन् । उनको ‘मृत्यु देहोरिन्छ म बाँचे भने’, ‘सम्मत असम्मत’ उपन्यास, ‘आगो समुद्र पानी समुद्र’ कवितासँग्रह सहित कविता तथा गीतसंग्रहहरू प्रकाशित छन् । 


साहित्यकार जोशीका श्रीमती र चार छोरा छन् ।