२०७८ साल माघ ६ गते बिहिबार

५४ अंकले बढ्यो नेप्से

न्युजलय २९ पुस २०७८, बिहिबार ०३:१६ मा प्रकाशित

काठमाडौँ । बिहिबार(आज) सेयर बजारको परिसूचक नेप्से ५४. १२ अंकले बढेको छ । 

सो अंकको वृद्धिपछि परिसूचक २८५७ अंकमा पुगेको छ । अंक बढे पनि कारोबार रकम खुम्चिएको छ । अघिल्लो दिन ८ अर्ब ३ करोडको कारोबार भएकोमा आज ६ अर्ब ६६ करोडमा सीमित भयो । 

बैंकिङ ९, ब्यापार ८३, होटल तथा पर्यटन ३५, विकास बैंक १४७, जलविद्युत १५८, फाइनान्स ९२, निर्जीवन बीमा २८८, उत्पादन १२७, माइक्रोफाइनान्स १७४, जीवन बीमा ३४९ र लगानी उपसमूह ३ अंकले बढे । अन्य उपसमूह भने ३ अंकले घटेको छ ।

मध्यभोटेकोसी जलविद्युतको मूल्य १० प्रतिशतले बढ्यो ।