नेप्सेको सीईओमा कृष्ण कार्की नियुक्त

न्युजलय २० माघ २०७८, बिहिबार ०७:५३ मा प्रकाशित

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)को सीईओमा कृष्ण कार्की नियुक्त भएका छन् । मन्त्रिपरिषदको माघ १७ गतेको बैठकले उनलाई सीईओ नियुक्ति गरेको हो । 


यसअघि छनौट समितिले कार्कीसहित डा.रमेश भण्डारी, डा.केशवप्रसाद श्रेष्ठलाई नियुक्तिका लागि सिफारिस गरेको थियो । नेप्सेको सीईओका लागि ११ जनाको आवेदन परेको थियो । 

 

कार्की शेयर बजारमा सक्रिय लगानीकर्ता हुन् । सिंचाइ मन्त्रालयबाट सेवानिवृत्त उपसचिव कार्की लामो समयदेखि शेयर बजारमा लाग्दै आएका थिए । 


अर्थ मन्त्रालयले सहसचिव रमेश केसीको संयोजकत्वमा सीईओ छनौट सिफारिस समिति गठन गरेको थियो । समितिमा मन्त्रालयकै सहसचिव रितेश शाक्य र विज्ञ सदस्यमा नेप्सेका पूर्वअध्यक्ष जीवनाथ धिताल थिए ।