नेप्सेमा १.०३ अंकको वृद्धि

न्युजलय २३ बैशाख २०८२, मङ्गलबार ०३:४२ मा प्रकाशित

काठमाडौं । मंगलबार नेप्से परिसूचक १.०३ अंकले बढेर २६११.४३ को विन्दुमा कायम भएको छ।

कारोबार भएका १२० कम्पनीको सेयर मूल्य बढ्दा १२६ कम्पनीको सेयर मूल्य भने घटेको छ ।

यसदिन ३१८ कम्पनीको २ करोड ५ लाख ४२ हजार ७६४ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ७४ करोड माथिको कारोबार भएको छ ।