अभिनेत्री आना शर्मा र गायक सुशान्त केसी प्रेममा

न्युजलय ३० जेठ २०७९, सोमबार ०७:०९ मा प्रकाशित

काठमाडौं । केही महिनादेखि गायक सुशान्त केसी र अभिनेत्री आना शर्मा प्रेममा रहेको चर्चा चलिरहेको छ। विभिन्न ठाउँमा एकसाथ घुम्न गएको, बन्जी जम्प गरेको तस्वीर बाहिर आएपछि उनीहरूको प्रेमको चर्चा चल्न सुरु भएको थियो। आना र सुशान्तले भने सार्वजनिक रूपमा आफूहरू प्रेममा रहेको कुरा खुलाएका थिएनन्। 


अब भने उनीहरूले आफ्नो प्रेम सम्बन्ध सार्वजनिक रूपमै स्विकारेको देखिएको छ। आनाले आफ्नो सामाजिक सञ्जाल इन्स्टाग्राम मार्फत सार्वजनिक गरेको आफ्नो र सुशान्तको फोटोले उनीहरूले आफ्नो प्रेम सम्बन्ध खुलाउन चाहेको बुझिएको हो।


‘जेरी’बाट नेपाली फिल्ममा डेब्यु गरेकी आनाले ‘ग्याङ स्टार ब्लुज’, ‘द म्यान फ्रम काठमाडौं’ लगायतका फिल्ममा अभिनय गरेकी छन्। त्यस्तै सुशान्त युवा पुस्तामा लोकप्रिय गायक हुन्। उनका ‘रिसाउने भए’, ‘याद’, ‘साथी’, ‘आमा’, ‘गुलावी’ लगायतका दर्जनौँ गीत लोकप्रिय छन्। 


सुशान्त र आनाले ६ महिनाअघि मात्र हराउन देऊ बोलको गीतमा सँगै काम गरेका थिए।