काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई छोएमात्रै देशभरि आगो बाल्ने चेतावनी दिएका छन् ।
बिहीबार भक्तपुरको गुण्डुमा आयोजित कार्यक्रममा नेता बस्नेतले गृहमन्त्री ओमप्रकाश अर्याललाई यस्तो चेतावनी दिएका हुन् ।
उनले अहिले हावाभरका जनेजी नामका नौटंकीहरुले च्यालेन्ज गरेर गृहमन्त्री हाहुमा लागे सावधान हुन आग्रह गरे । उनले भ्रष्टचारीलाई छानबिन गर्न एमाले सहयोग गर्न तयार रहेको पनि बताए ।