पिडाको शरीर

ज्ञानेन्द्र चौलागाई १२ असार २०७९, आइतबार ०४:४० मा प्रकाशित

टिनको छोनो, काठको खम्बा माटोले लिपेको 

बिहानलाई भयो अब रात्रीलाई केहि छैन साँचेको 

कै छैन कपास, के होला गाँस हे दैब के गर्न रचेको 

पृथ्वीभारी बित्थामा भयो केकालागि राखेको

हे दैव म तिम्रो सन्तान बोलेको

 

घरघरमा सोध्दा पूजा र कार्जे सोधेर भेटिनँ 

तिमीलाई हेर्दा तिमी छौ एउटै तर चित्र छ नवीन

दुःखले साँच्यो, पिडाले गाँज्यो केहि त गरन् ।

हे प्रभु, म तिम्रो सन्तान बोलेको


बर्खामा नीर, हिउँदमा जाडो अकस्मात बढ्यो नि

नीरको माथि सिरानी राखी बखति कट्यो नि

केहि छैन गाँस, जिउँदो लास सर्बभक्षी भयौँ नि

हुरीले छानो बाढीले तह बगाइ लग्यो नि

हे दैव, म तिम्रो सन्तान बोलेको


आकाश ओड्ने, जमिनमा सुत्ने मुहार हासेको

पूजा र कार्जे भेटदामा खेरी टपरी चाटेको

रात र दिन भन्दा भन्दै जिवन कटेको

माग्दा मा माग्दै सररम हटेको 

हे प्रभु,  म तिम्रो सन्तान बोलेको