नेप्से एक सय आठ अङ्कले बढ्यो

न्युजलय २३ साउन २०८१, बुधबार १०:११ मा प्रकाशित

काठमाडौँ  । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचकमा आज उच्च अङ्कको सुधार देखिएको छ । नेप्से परिसूचक एक सय आठ दशमलव ३५ अङ्कले बढेर दुई हजार सात सय ५९ दशमलव ६७ को बिन्दुमा कायम भएको हो ।

आज नेप्से परिसूचक चार दशमलव ०८ प्रतिशतले बढेको हो । तीन सय ३० कम्पनीको तीन करोड ८० लाख ४१ हजार दुई सय ६७ कित्ता शेयर दुई लाख १२ हजार छ सय ८१ पटक खरिदबिक्री हुँदा १७ अर्ब ९५ करोड नौ लाख १८ हजार छ सय २७ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । सबै समूहको उपसूचक बढेको छ । 

सबैभन्दा धेरै अन्य समूहको उपसूचक सात दशमलव ८९ प्रतिशतले बढेको छ ।