काठमाडौँ । बाढी र पहिरोका कारण काठमाडौँमा ११ जनाले ज्यान गुमाएका छन् ।
मृत्यु हुनेमा दक्षिणकाली नगरपालिका–८ मा ३ जना, दक्षिणकाली–९ मा २ जना र वडा नम्बर–७ मा एक जना छन् ।
इचंगुनारायणमा १ जना र चन्द्रागिरि नगरपालिका–२ मा एक दम्पत्तीको ज्यान गएको छ ।
यस्तै कीर्तिपुरमा एक जनाको ज्यान गएको छ । त्रिभुवन विश्वविद्यालयको गेट अगाडी खोलामा एक जना पुरुष मृत भेटिएका छन् । उनको पहिचान खुलेको छैन ।
काठमाडौमा बाढीले वितण्डा मच्चाएको छ । बाग्मती लगायत खोलाको जल सतह बढेपछि हजारौं घर डुबाएको छ । सुरक्षाकर्मी र स्थानीयहरुले बाढीमा फँसेका र बगाएकाहरुको उद्धार गरेका छन् ।