मिस इण्डिया २०२२ को उपाधि सिनी शेट्टीलाई

न्युजलय २० असार २०७९, सोमबार ०८:४९ मा प्रकाशित

काठमाडौं । कर्नाटककी सिनी शेट्टीले ‘मिस इण्डिया २०२२’ को ताज जितेकी छन् । गत जुलाई ३ मा मुम्बईमा भएको प्रतियोगितामा उनले १३ प्रतियोगीलाई पछि पार्दै यो उपाधि जितेकी हुन् ।


प्रतियोगितामा राजस्थानकी रुबल शेखावत फस्ट रनर अप र उत्तर प्रदेशकी शिनाता चौहान सेकेण्ड रनर अप बने । प्रतियोगितामा बलिउडका सेलिब्रेटीहरु नेहा धूपिया, कृति सेनन, मलाइका अरोडा, मनीष पल, राजकुमार राव, डिनो मोरेया, मिथाली, राजलगायतको उपस्थिति थियो । 


सिनी २१ वर्षकी छिन् । उनी हाल चार्टेड फाइनेन्स एनालिस्टको कोर्ष गरिरहेकी छन् ।