मेक्सीकोमा जेन्जीको सरकारविरुद्ध आन्दोलन, १२० जना घाइते

न्युजलय ३१ कार्तिक २०८२, आइतबार ०६:०८ मा प्रकाशित

काठमाडौँ । मेक्सीकोमा जेन्जीले निकालेको सरकारविरोधी प्रदर्शनमा झडप हुँदा कम्तिमा १ सय २० जना घाइते भएका छन् ।

यसक्रममा झन्डै १ सय जना प्रहरी घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीले जनाएको छ ।

शनिबार प्रदर्शनका लागि हजारौं जना मेक्सिकोको राजधानीमा भेला भएका थिए ।

उनीहरुले देशमा जारी भ्रस्टाचार, हत्या–हिंसा रोक्न नसकेको भन्दै उनीहरुले राष्ट्रपति क्लाउडिया शेनबाउमको राजीनमा मागेका छन् ।

मेक्सीकोमा पछिल्लो समय हाइ–प्रोफाइल व्यक्तिहरुको हत्या भइरहेको छ ।