शाहरुख खानको नयाँ फिल्म ‘जवान’को टिजर सार्वजनिक

न्युजलय २१ जेठ २०७९, शनिवार ०२:४८ मा प्रकाशित

काठमाडौं । बलिउड अभिनेता शाहरुख खानको नयाँ फिल्म ‘जवान’ को टिजर सार्वजनिक भएको छ । शुक्रबार फिल्मको टिजर सार्वजनिक गरिएको हो ।

दक्षिण भारतीय निर्देशक एट्लीसँगको सहकार्यमा शाहरुखको कम्पनी रेड चिल्लीले फिल्म निर्माण गर्न लागेको हो । एक्सन इन्टरटेनर फिल्ममा अभिनेत्री नयनतारा नायिकाको रुपमा हुनेछिन् ।

साउथ इन्डियन अभिनेत्री नयनतारा यो फिल्ममा अनुसन्धान अफिसरको रुपमा प्रस्तुत हुनेछिन् । फिल्ममा शाहरुखको दोहोरो भूमिका हुने जनाइएको छ । 

शाहरुख र नयनताराले पहिलोपटक स्क्रिन सेयर गर्न लागेका हुन् ।