यस्तो छ आजको मौसम पूर्वानुमान

न्युजलय २५ असोज २०७८, सोमबार ०९:२५ मा प्रकाशित

काठमाडौँ । पहाडी क्षेत्रमा सोमबार आंशिकदेखि सामान्य बदली भई अरु क्षेत्रको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

उल्लेखनीय मौसम प्रणाली अहिले नरहे पनि स्थानीय वायुको प्रभावले पहाडी क्षेत्रमा बदली हुने भएको हो। अहिले देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा छ।

सोमबार दिउँसो देशको पहाडी भूभाममा आंशिकदेखि सामान्य बदली तथा अन्य भू्भागमा मौसम सामान्यतया सफा रही पहाडी क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

यस्तै राति पनि देशको पहाडी भूभागमा आंशिक बदली तथा अन्य भूभागमा मौसम सामान्यतया सफा रही एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ।