मेष । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । रमणीय, सुखद् र धार्मिक यात्राको योग छ ।
बृष । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ बन्धुबान्धवबाट सहयोग मिल्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह रहला । रमाइलो यात्राको योग रहेको छ ।
मिथुन । रमणीय र सुखद् यात्राको योग छ । मनमा सहयोग भाव आउला । सन्तान तथा परिवारमा मेलमिलाप हुनेछ । कुनै कुराले मनमा प्रसन्नता छाउनेछ ।
कर्कट । मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ । पेसा र व्यवसायबाट लाभ हुनेछ अतः धन प्राप्त हुनेछ । कसैकसैका लागि सन्तान प्राप्तिको योग छ ।
सिंह । दैनिक कार्यमा प्रगति हुनेछ । परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुनसकिने छ । परिवारका सदस्यहरूबाट सहयोग पाइने र वैदेशिक कार्य अघि बढ्नेछ ।
कन्या । आज सामाजिक सेवा गर्ने अवसरले मानप्रतिष्ठामा बढाउनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ ।
तुला । मनमा उत्पन्न शंका तथा डरका कारण बनिसकेको काममा दुबिधा उत्पन्न हुन सक्छ । भोजभतेरमा सामेल हुँदा स्वास्थ्यको ख्याल गर्नुहोला ।
बृश्चिक । आज पारिवारिक भेटघाटमा रमाइने छ । केही नयाँ कुरा खरीद गर्न सकिनेछ । माया प्रेममा आत्मियताको बढोत्तरी पनि हुनेछ ।
धनु । आज बजार घुम्ने अवसर मिल्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । धर्मकर्ममा मन लाग्ने र रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ ।
मकर । रोकिए काम दोहोर्याएर गर्दा फाइदा हुन सक्नेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट सफलता मिल्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।
कुम्भ । कार्य सम्पादनमा समस्या आउला । चोटपटकको भय छ सचेत रहनुहोला । साँझमा पैसा खर्च हुने योग छ । शेयर बजरमा नोक्सानी हुन सक्छ ।
मीन । अध्ययनअध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । मित्रबाट विशेष सहयोग मिल्नेछ । परिवारका सदस्यहरूसित भेटघाट हुनेछ ।