झापा–५ मा ओली ३१ हजार मतले पछि

न्युजलय २३ फाल्गुण २०८२, शनिवार १२:३७ मा प्रकाशित

झापा । झापा क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन शाहले आफ्नो अग्रतालाई निकै बलियो बनाएका छन्।

बालेनले पछिल्लो मत परिणाम अनुसार ४२ हजार ५४३ मत प्राप्त गरेका छन् । एमाले अध्यक्ष ओली भने बालेनभन्दा ३१ हजार ११६ मतको अन्तरले पछि परेका छन्। ओलीले हालसम्म ११ हजार ४२७ मत मात्र प्राप्त गरेका छन्।