काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको छ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको आइतबार बिहान कम्पनीको आईपीओ बाँडफाँट गरेको हो ।
कम्पनीले १० देखि १३ भदौसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा १२ लाख ५ हजार ३२० कित्ता सेयर निष्कासन गरेको थियो।
कम्पनीले जारी पूँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँको १२ प्रतिशतले हुने १६ लाख ३६ हजार ३७० कित्ता साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको थियो ।
सार्वजनिक निष्कासन गर्न अनुमति पाएकोमध्ये जारी पूँजीको २ प्रतिशतले हुने २ लाख ७२ हजार ७३० कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।
स्थानीय बासिन्दाहरुका लागि निष्कासन गरेको सेयरमा बिक्री नभएको ७९ हजार ३० कित्ता सहित समेत थप गरेर कम्पनीले सर्वसाधारण्को लागि सेयर निष्कासन गरेको थियो ।