भारतीय गायिका लता मंगेशकरको निधन

न्युजलय २३ माघ २०७८, आइतबार ०५:०० मा प्रकाशित

 काठमाण्डौ । बलिउड गायिका लता मंगेशकरको ९२ वर्षको उमेरमा आइतबार (आज) निधन भएको छ । 

गत महिना कोभिड संक्रमणपछि मुम्बईस्थित अस्पतालमा भर्ना गरिएकी उनलाई निमोनिया पुष्टि भएको थियो । शनिबारदेखि उनलाई चिकित्सकले भेन्टिलेटरमा राखेर उपचार गर्दै आएका थिए । 

जनवरी ८ मा उनलाई उक्त अस्पतालमा भर्ना गरिएको थियो । गतसाता स्वास्थ्यमा सुधार आए पनि शनिबारदेखि भने श्वासप्रश्वासमा समस्या आएपछि उनलाई भेन्टिलेटरमा राखिएको हो । 

लतालाई बलिउडमा सदावहार गायिका मानिन्छ । उनले हजारौं हिन्दी भाषीसहित भारतका ३६ जातीय भाषामा समेत गीत गाएकी छिन् । 

गायिका मंगेशकरको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटर मार्फत शोक व्यक्त गरेका छन् ।