प्रि ओपन सेसन १०.२४ अंकले बढ्यो नेप्से

न्युजलय १७ माघ २०७८, सोमबार ०५:४६ मा प्रकाशित

 काठमाडौं । सोमबार(आज) प्रि ओपन सेसनमा नेप्से परिसूचक १०.२४ अंक बढेको छ।

नेप्से, आज उक्त सेसनमा १०.२४ अंक बढेर २८९५.७७ विन्दुमा पुगेको छ । सो सेसनमा सेन्सेटिभ इण्डेक्स २.९१ अंक बढेको छ ।

आज प्रि ओपन सेसनमा २७ कम्पनीको ७७ करोड ८९ लाख ९६६ रुपैयाँ ५० पैसा बराबरको १६ हजार १९५ कित्ता शेयर खरिदबिक्री भएको छ ।