मतदानबाट चुनिए नेकपा एमाले इटहरी नगर कमिटीका पदाधिकारी

न्युजलय १४ कार्तिक २०७८, आइतबार ११:४४ मा प्रकाशित

इटहरी । नेकपा एमाले इटहरीको नगर कमिटिमा सचिव, उपसचिवलगायतका पदहरुमा मतदानबाट प्रतिनिधि चुनिएका छन्।

आईतबार(आज) सार्वजनिक भएको मतपरिणामबाट सचिवमा रुपेश बस्नेत र दुईजना उपसचिवमा मन्दिरा भट्टराई र जितेन्द्र थापा निर्वाचित भएका छन्। यसअघि अध्यक्षमा यामकुमार सुब्बा र उपाध्यक्षमा दुखिलाल चौधरी निर्बिरोध चयन भएका थिए।

यस्तै राजु दङ्गाल, केदारनाथ बास्तोला, डीवी राई, उज्वल सिग्देल, टोमप्रसाद तिम्सिना, सुजन लामा, ऋषि नेपाल, प्रशान्त पोख्रेल, चौठिलाल चौधरी, केदार घिमिरे, ध्रुव कोइराला, बेदनाथ भेटुवाल र गोपाल गिरी निर्वाचित भएका छन्।

यसैगरी खुल्ला महिला सदस्यमा साथ रञ्जु सिग्देल, कमला निरौला, अनिता निरौला, भिमाकुमारी तुम्बाहाम्फे, यमुना चापागाँई, चन्दा पुरी, मेनुका घिमिरे र गोमा बिश्वकर्मा निर्वाचित भएका छन्।

त्यस्तै आदिबासी जनजाति, दलित, मुस्लिम कोटाबाट पनि अरुपनि निर्वाचित भएका छन्। यस्तै राष्ट्रिय युवा संघ नेपाल इटहरी उप–महानगर कमिटी अध्यक्ष कमलजंग दाहाल, होटल तथा लज ब्यवसायी समितिका अध्यक्ष उमेश दाहाल ब्यापारी शाखाबाट र समितिकै सदस्य धनमाया श्रेष्ठ वार्ड नं २ तालतलैया एरियाबाट, राष्ट्रिय युवा संघ नेपाल इटहरीका सह–इञ्चार्ज राजेश आठपारे राई सदस्यमा सर्बसम्मत निर्वाचित भएका छन् ।