काठमाडौं । सेयर बजार परिसूचक नेप्से मंगलबार(आज) पनि ओरालो लागेको छ । अघिल्लो दिन झण्डै ३५ अंकले घट्दै २३ सय ८६ अंकमा अडिएको नेप्सेमा आज पुनः १५ अंकको गिरावट आएको हो ।
आज नेप्से सूचक १५.०२ अंकले घट्दै २३ सय ७०.९९ अंकमा झरेको छ । दोहोरो अंकले घटेको बजारमा आज कारोबार रकम समेत एक अर्ब ४ करोड रुपैयाँमा खुम्चिन पुगेको छ ।
आज १३ वटा उपसूचकहरु मध्ये सबैभन्दा बढी हाइड्रोपावर समूहको उपसूचक १.४९ प्रतिशतले घटेको छ भने, इनभेष्टमेन्ट समूह १.३९ प्रतिशतले, डेभलपमेन्ट बैंक समूह १.०१ प्रतिशतले र फाइनान्स समूह ०।९९ प्रतिशतले घटेको छ ।