इराकी प्रधानमन्त्री निवासमा ड्रोन आक्रमण

न्युजलय २१ कार्तिक २०७८, आइतबार ०१:२९ मा प्रकाशित

एजेन्सी । इराकी प्रधानमन्त्री मुस्ताफा अल–कादिमी निवासमा आइतबार बिहानै ड्रोन आक्रमण भएको छ ।

आक्रमणम प्रधानमन्त्री भने पूर्ण सुरक्षित रहेको इराकको सेनाले बताएको छ ।

इराकी सेनाका तर्फबाट आक्रमणपछि जारी गरिएको वत्तव्य अनुसार राजधानी बगदादको ग्रीन जोन क्षेत्रमा हमला भएको हो।

यसैबीच प्रधानमन्त्री मुस्ताफा अल–कादिमीले पनि आफू सुरक्षित रहेको बताएका छन्। उनले आफ्नो आधिकारिक ट्वीटर अकाउन्टबाट ट्विट गर्दै आफू सुरक्षित रहेको र शान्ति कायम राख्न अपीलसमेत गरेका छन्।

अहिलेसम्म कुनै पनि संगठनले हमलाको जिम्मेबारी लिएका छैनन्।