पेट्रोलियम पदार्थको मूल्य प्रति लिटर १० रुपैयाँले घट्यो

न्युजलय २० जेठ २०७९, शुक्रबार ०२:११ मा प्रकाशित

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगमले ती सबैमा प्रतिलिटर १० रुपैयाँ मूल्य घटाएको हो ।

 

घटेको मूल्य बिहीबार राति १२ बजेदेखि लागू हुने छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावअनुरुप मूल्य घटाइएको निगमले जनाएको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर १७० रुपैयाँ पर्नेछ । डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५३ रुपैयाँमा झरेको छ ।