केबल उद्योगमा बाढी पस्दा ७० लाख बढीको क्षती

न्युजलय ५ कार्तिक २०७८, शुक्रबार ०१:४६ मा प्रकाशित

इटहरी । गत कात्तिक २ गते गएको बाढीबाट धेरै घर, पसल तथा उद्योगहरु डुबानमा परे । इटहरीर्मै पनि तीन जना मृत फेला परे भने दुई जना अझै बेपत्ता छन् ।

बाढीबाट धेरै उद्योगहरु पनि प्रभावित बने । इटहरी१० मा रहेको जनता केबल इण्डस्ट्रिज प्रालिले बाढीमा ७० लाख रुपैया बराबरको नोक्सान भएको जनाएको छ ।

कम्पनिका म्यानेजर पुस्पेषकुमार राउतकाअनुसार मेसिनदेखि तयारी अवस्थामा रहेका तारहरुसम्म पानीले डुबाउँदा लाखौंको क्षती भएको छ ।

बिजुलीको सबै किसिमका तारहरुको उत्पादन गर्ने यो उद्योगले अहिले कोरोनाबाट प्रभावित भएको समयमा पनि मासिक ५० टन सामाग्री उत्पादन गरिरहेको छ । ५० जनाभन्दा बढी कामदार कर्मचारी रहेको यो उद्योग डेढ विगाहा जमिनमा फैलिएको छ ।