७९ अङ्कले घट्यो नेप्से

न्युजलय २७ मङ्सिर २०७८, सोमबार ०९:१८ मा प्रकाशित

 काठमाण्डौ । शेयर बजारमा सोमवार(आज) पनि पहिरो गएको छ । नेप्से आज ७९ दशमलव २३ अङ्कले घटेर दुई हजार दुई सय ८२ विन्दुमा झरेको छ ।

आज दुई सय ३३ वटा कम्पनीको शेयर कारोबार भएकोमा १३ वटा बाहेक सबैको शेयर ओरालो लागेको छ । आज ९६ लाख ७९ हजार कित्ता शेयर तीन अर्ब ९९ करोड ५६ लाख रुपैयाँमा कारोबार भएका छन् । 

समग्र बजार राताम्मे हुँदा पनि आज गोर्खाज फाइनान्सको शेयर साढे नौ प्रतिशतले बढेको छ ।