नेपालका गणेश गुरुङ क्यानोइङमा फाइनल प्रवेश

न्युजलय २० असोज २०८०, शनिवार ०२:४३ मा प्रकाशित

काठमाडौं । १९औं एसियाली खेलकुद अन्तर्गत कानोइङ स्लालोमअन्तर्गत पुरुष कायाकमा नेपालका गणेश गुरुङ फाइनल चरणमा प्रवेश गरेका छन् ।


फुयाङ वाटर स्पोर्ट्स सेन्टरमा शनिबार भएको सेमिफाइनल चरणको खेलमा शीर्ष दशमा रहँदै गणेश फाइनलमा प्रवेश गरेका हुन् । 


फाइनल चरणमा दश खेलाडीबीच शनिबार दिउँसो प्रतिस्पर्धा हुनेछ ।