काठमाडौं । मंगलबार(आज) शेयर बजार शुरुवाती कारोबारदखि नै बढिरहेको छ ।
यो हप्ता मात्रै बैंक तथा वित्तीय संस्थाहरुमा करिब ७ अर्ब निपेक्ष बढेको समाचार आएपछि शेयर बजारमा वृद्धि देखिएको छ ।
मंगलबार कारोबार शुरु भएको आधा घण्टामा नै नेप्से सूचकांक २७ अंकले वृद्धि भएर कारोबार भइरहेको छ ।