२०७८ पौष २६ गते सोमबारको राशिफल

न्युजलय २६ पुस २०७८, सोमबार ०७:०१ मा प्रकाशित

मेष । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । नसोचेको ठाउँबाट धनागम हुनेछ । मनोरञ्जनमा सहभागिता भइएला । आर्थिक कारोबारमा सफलता पाइएला ।

 

वृष । आज सहकर्मीबाट विरोध आउला । गलत निर्णय लिन पुगिएला । यात्रामा मालसामान हराउन सक्छ । चोटपटकको भय छ, सचेत रहनुहोला ।

 

मिथुन । राजनीतिक कार्यमा ख्याति कमाउने योग छ । सन्तान सुख मिल्नेछ । व्यापार व्यवसायमा वृद्धि हुनुका साथै आम्दानीका स्रोत पनि बढ्नेछन् ।

 

कर्कट । घुमफिरमा रुचि बढ्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । घरजग्गाको कारोबारमा सफलता मिल्नेछ, तर स्वास्थ्यको भने ख्याल राख्नु पर्छ ।

 

सिंह । आज पुँजी बजारंबाट लाभ हुणे र कुनै कुराले मन प्रसन्न रहनेछ । नयाँनयाँ व्यक्तिसँग भेटघाट हुनेछ । छोटो दुरीको लाभदायक यात्रा पनि रहला ।

 

कन्या । आफ्नो विचार विपरित निर्णय हुनसक्छ । गरेका काममा ढिलासुस्ती हुनेछ । साझेदारीको काममा उल्झन आउने र प्रेममा दूरी समेत आउन सक्छ ।

 

तुला । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । सामाजिक कार्यमा सफलता मिल्नेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ ।

 

वृश्चिक । व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्व सँगको सहकार्य मिल्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । साथीभाइसँग समय पनि बित्नेछ ।

 

धनु । आज कुनै न कुनै कुराले मनमा शान्ति मिल्नेछ । समाजसेवामा मन लाग्नेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । शत्रुहरू पनि पराजित हुनेछन् ।

 

मकर । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । शिक्षामा सफलता मिल्नेछ । महत्त्वपूर्ण कामको थालनी हुनेछ ।

 

कुम्भ । आज शुभकार्यको चर्चा चल्नेछ । रमणीय र सुखद् यात्राको योग छ । पार्टी तथा सेमिनारमा सहभागी भइएला, तर स्वास्थ्यको ख्याल राख्नु पर्छ ।

 

मीन । आज नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । रोकिएको धन हात पर्ला । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।