साढे १० अंकले घट्यो सेयर बजार

न्युजलय १४ पुस २०८२, सोमबार ०४:०१ मा प्रकाशित

काठमाडौं । आज सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।

आज नेप्से परिसूचक १० दशमलव ५३ अंकले घटेर २६२२ दशमलव ८८ को विन्दुमा पुगेको छ । सोमबार ३३७ कम्पनीका ६९ हजार ५४८ पटकको कारोबारमा १ करोड ३७ हजार कित्ता सेयर खरिद बिक्री भएको छ । 

जसमा कारोबार रकम ४ अर्ब ७७ करोड ४७ लाख ८६ हजार रुपैयाँ रहेको छ ।

८५ कम्पनीका सेयर मूल्य बढ्दा १८५ वटा घटेको छ भने ९ कम्पनीको मूल्य स्थिर रहेको छ । आज एसवाई प्यानलको सर्वाधिक कारोबार भएको छ ।