बढ्यो सुनको भाउ

न्युजलय ६ साउन २०८३, बुधबार ११:१८ मा प्रकाशित

काठमाडौं । आज सुनको मूल्य प्रतितोला पाँच हजार चार सय रूपैयाँ बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९१ हजार रूपैयाँमा किनबेच भइरहेको छ।

यस्तै, बुधबार चाँदीको मूल्य पनि बढेको छ।

चाँदी प्रतितोला एक सय १० रूपैयाँले बढेर चार हजार चार सय ८० रूपैयाँमा कारोबार भइरहेको छ।