इटहरी । अनेम संघ इटहरीले देउसी भैली खेलेको रकमबाट एक महिलाको उपचारको लागि सहयोग गरेको छ ।
उपमहनगर समितिले इटहरी २ तालतलैया निवासी आर्थिक अवस्था कमजोर भएकी एकल महिला शुक्रमाया तामाङलाई सहयोग गरेको हो । पित्तथैलीको अपरेसनको लागि रकम अभाव भएर पीडित तामाङलाई १४ हजार रुपैया सहयोग गरेको हो ।
आर्थिक सहयोगसँगै उनको स्वास्थ्य बीमासमेत गरिदिएको छ ।