शेयर बजार ४५ अङ्कले बढेर २७ सय विन्दुमाथ

न्युजलय २६ मङ्सिर २०८१, बुधबार ०३:२६ मा प्रकाशित

काठमाडौँ ।  शेयर बजार आज उच्च अङ्कले बढेको छ । नेप्से आज ४५ दशमलव ८८ अङ्कले बढेर दुई हजार सात सय १५ दशमलव ७१ विन्दुमा पुगेको छ ।

आज म्युचल फन्ड बाहेक सबै समूहको शेयर बढेकोमा बैंक, विकास बैंक, फाइनान्स, होटल, जलविद्युत्, बीमा, उत्पादन, व्यापार समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

आज न्यादी हाइड्रोपावर र कुथेली बुखारी हाइड्रोपावर कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढेको दिन खानी खोला हाइड्रोपावर कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ ।

आज कारोबार रकम पनि बढेको छ । हिजो चार अर्ब ४१ करोडको शेयर कारोबार भएकोमा आज तीन सय आठ वटा कम्पनीका एक करोड १३ लाख कित्ता शेयर पाँच अर्ब पाँच करोड रुपैयाँमा किनबेच भएको छ ।