सुनचाँदीको मूल्य घट्यो

न्युजलय १५ असार २०८३, सोमबार ०१:२२ मा प्रकाशित

काठमाडौँ । आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा एक हजार चार सय रुपैयाँले घटेर तोलामा २ लाख ८२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले घटेर चार हजार ३१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।