एसिया कप क्रिकेटः आज भारत र पाकिस्तानबीच भिडन्त

न्युजलय १६ भदौ २०८०, शनिवार ०८:३५ मा प्रकाशित

 काठमाडौं । एसिया कप क्रिकेटमा बहुचर्चित प्रतिद्वन्द्वी भारत र पाकिस्तानबीच आज प्रतिस्पर्धा हुँदैछ । श्रीलंकाको कालेकेले इन्टरनेशनल क्रिकेट स्टेडियममा ३ः१५ बजे सुरु हुने खेलमा दुवै टोली जितका लागि तयार छन् ।

एसिया कपको आयोजक पाकिस्तान भएपनि भारतले पाकिस्तान गएर खेल्न अस्विकार गरेपछि भारत र पाकिस्तानको खेल श्रीलंकामा हुन लागेको हो । 

वरीयतामा विश्व नम्बर एक पाकिस्तान र तेस्रो स्थानमा रहेको भारतबीचको यस खेललाई विश्वभरका क्रिकेट प्रेमीले समेत प्रतिक्षा गरेका छन् । बाबर आजमको कप्तानीमा उत्रिन लागेको पाकिस्तानले रोहित शर्माको कप्तानीमा रहेको भारतलाई कडा टक्कर दिने विश्वकस गरिएको छ ।

समूह ‘ए’ अन्तर्गत पाकिस्तानले पहिलो खेलमा नेपाललाई दुई सय ३८ रनले हराएको थियो ।