महिलाको कलेजोमा बच्चाको भ्रूण !

न्युजलय ५ पुस २०७८, सोमबार ०२:०८ मा प्रकाशित

काठमाडौं । क्यानडामा एक जना महिलाको निकै नै दुर्लभ गर्भावस्थाको घटना सार्वजनिक भएको छ । डाक्टरहरुले यो घटनालाई एक्टोपिक प्रेग्नेन्सीको अति दुर्लभ घटना भएको बताएका छन् । ती महिलाको बच्चाको भ्रूण उनको कलेजोमा बढिरहेको छ ।


क्यानडाको म्यानिटोबास्थित बाल अस्पताल अनुसन्धान संस्थाका बालरोग विशेषज्ञ माइकल नार्भेलेउक्त दुर्लभ गर्भका विषयमा खुलासा गरेका छन् ।


नार्भेका अनुसार ३३ वर्षकी ती गर्भवती महिला पछिल्लोपटक महिनावारी हुँदा लगातार १४ दिनसम्म रक्तश्राव भैरह्यो र महिनावारीको समय ४९ दिनको भयो । त्यसपछि उनी अस्पतालमा परीक्षणका लागि गइन् । जब महिलाको भिडियो एक्सरे गरियो तब अचम्ममा पार्ने रिपोर्ट देखियो । ती महिलाको कलेजोमा एक भ्रूण देखियो । डाक्टरका अनुसार ती महिलामा एक्टोपिक प्रेग्नेन्सीको अति दुर्लभ घटना हो ।


यसअघि यस्तो अस्वभाविक गर्भमा पेटमा गर्भ रहेको देखिएको भएपनि कलेजोमा गर्भ रहेको यो पहिलो घटना भएको बालरोग विशेषज्ञ नार्भे बताउँछन् । यस्तो घटनामा शल्यक्रिया गरेर महिलाको ज्यान जोगाउन सकिने भएपनि भ्रूणलाई जोगाउन किँदैन ।


ती महिलाको हकमा पनि शल्यक्रिया मार्फत् उनको ज्यान बचाउन सकियो तर गर्भ भने खेर गएको छ ।