काठमाडौँ । आइतबार (आज) सुनचाँदीको मूल्य दुई सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज दुई सय रुपैयाँले बढेर सुन प्रतितोला ९४ हजार ६०० रुपैयाँ कायम भएको हो । तेजाबी सुन आज प्रतितोला ९४ हजार १०० रुपैयाँ कायम भएको छ ।
चाँदीको मूल्य पनि आज बढेको छ । चाँदी तोलामा १० रुपैयाँ बढेर एक हजार २९५ रुपैयाँ कायम भएको छ । गत शुक्रबार चाँदी प्रतितोला एक हजार २८५ रुपैयाँ कायम भएको थियो ।