काठमाडौं । न्यादी हाइड्रोपावर लिमिटेडको आईपीओमा मागभन्दा १४ गुणा बढी सेयरका लागि आवेदन परेको छ।
मंगलबार साँझसम्ममा २३ लाख ५७ हजार १६६ आवेदकबाट दुई अर्ब ९४ करोड ७७ लाख ६५ हजार रुपैयाँ बराबरको दुई करोड ९४ लाख ७७ हजार ६५० कित्ताको लागि आवेदन परेको कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जानकारी दिएको छ। यसरी प्राप्त आवेदन सर्वसाधारणका लागि निष्काशन गरिएको २० लाख ९२ हजार ५०० कित्ताको १४.०९ गुणा बढी हो।