काठमाडौँ । सेयर बजार परिसूचक नेप्सेमा दोस्रो पटक सर्किट ब्रेक लागेको छ।
पहिलो सर्किट ब्रेक लागेर खुलेको अर्को एक मिनेटमै बजारमा दोस्रो सर्किट ब्रेक लागेको हो।
यो सँगै अब बजार ४० मिनेटको लागि बन्द हुन्छ। यो समयसम्म नेप्से १०२.६८ अंकले बढेको छ।
नेप्से २१५६.०७ विन्दुमा आएको छ। त्यस्तै, १४ करोड १७ लाख रूपैयाँको कारोबार भएको छ।
सरकार परिवर्तन हुने भएपछि सेयर बजारमा सकारात्मक सर्किट ब्रेक लागेको हो।