महिला ट्वान्टी–२० सिरिजः हङकङलाई १३ रनले पराजित गर्दै नेलाललाई उपाधि

न्युजलय १० भदौ २०८०, आइतबार १२:५८ मा प्रकाशित

‘काठमाडौँ । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले क्वालालम्पुरमा शनिबार सम्पन्न फाइनलमा हङकङलाई १३ रनले पराजित गर्दै चार देश सम्मिलित ‘महिला ट्वान्टी–२० सिरिज’ को उपाधि जितेको छ । नेपालले दुईभन्दा बढी देश सहभागी प्रतियोगिताको उपाधि पहिलोपल्ट जितेको हो ।

आईसीसी महिला ट्वान्टी–२० विश्वकप २०२४ एसिया छनोट खेल्ने तयारीमा आयोजित सिरिज नेपालले जितेको हो । 

क्वालालम्पुरस्थित वायुमस ओभलमा टस जितेर फिल्डिङ रोजेको नेपालले प्रभावशाली बलिङ गर्दै हङकङलाई १०१–६ मा सीमित पारेको थियो ।

लेग स्पिनर खुसी डंगोलले उत्कृष्ट प्रदर्शन गर्दै ३ विकेट लिइन् । कविता जोशी र अस्मिना कर्माचार्यले एक–एक विकेट लिए ।