दोहोरो अङ्कले बढ्यो सेयर बजार

न्युजलय ४ फाल्गुण २०८१, आइतबार ०९:१५ मा प्रकाशित

काठमाडौं । आज सेयर बजारमा दोहोरो अङ्कको वृद्धि भएको छ । आज नेप्से परिसूचक १९ दशमलव ५६ अङ्कले बढेर २६९८ दशमलव ०३ को विन्दुमा पुगेको छ ।

आइतबार ३०९ कम्पनीका ९६ हजार २८२ पटकको कारोबारमा २ करोड ९ लाख ८४ हजार ४४० कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ९ अर्ब ४७ करोड ३ लाख ८ हजार रुपैयाँ रहेको छ ।

१७६ कम्पनीको सेयर मूल्य बढ्दा ६३ कम्पनीको घटेको छ भने ४ कम्पनीको मूल्य स्थिर रहेको छ ।