काठमाडौँ । सेयर बजारमा तीव्र उत्साह बढेको छ ।
मंगलबार(आज) सेयर बजार परिसूचक नेप्से एकैदिन ५४.५४ अंकले बढ्दै २ हजार १७५.१७ अंकमा उक्लिएको छ । आज कारोबारमा समेत रेकर्ड राख्दै ८ अर्ब माथिको कारोबार भएको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज ८ अर्ब २ करोड ३८ लाख ६२ हजार रुपैयाँ बराबरको २ करोड ३३ लाख ७० हजार कित्ता सेयर दोस्रो बजारमा कारोबार भएको छ ।