काठमाण्डौ । सुनको भाउ तोलामा एक हजार रुपैयाँले बढेको छ । आज सुन तोलाको ९६ हजार एक सय रुपैयाँमा पुगेको छ।
नेपाल सुन चाँदी व्यवसायी महासङ्घकाअनुसार अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउमा उतारचढाव आएकाले नेपाली बजारमा पनि भाउ घटबढ भएको हो।
यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । चाँदी तोलामा १० रुपैयाँले बढेर १२ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।