दार्जेलिङमा रेल दुर्घटना, आठ जनाको मृत्यु, ६० जना घाइते

न्युजलय ३ असार २०८१, सोमबार १०:१३ मा प्रकाशित

काठमाडौँ । भारतको दार्जिलिङको नयाँ जलपाइगुडी नजिकै एउटा मालगाडी कञ्चनजङ्घा एक्सप्रेससँग ठोक्किएर दुर्घटनाग्रस्त हुँदा कम्तिमा ८ जनाको मृत्यु भएको छ ।


भारतीय रेलवे बोर्डले उद्धार कार्य पूरा भइसकेको र अहिलेसम्म मृत्यु हुनेको संख्या ८ पुगेको जानकारी दिएको छ ।


अगरतलाबाट सियालदह जाँदै गरेको १३१७४ नम्बरको कञ्चनजङ्घा एक्सप्रेस नयाँ जलपाईगुडी स्टेशन नजिकै रंगपानीमा मालगाडीसँग ठोक्किएको थियो ।


हाल घाइते ६० जना अस्पतालमा उपचार भइरहेको छ । सरकारले मृतकका परिवारलाई १०–१० लाख दिने घोषणा गरेको छ भने गम्भीर घाइतेको उपचारका लागि जनही साढे २ लाख दिने भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन्  । 


त्यस्तै सामान्य घाइतेलाई जनही ५० हजार दिने केन्द्र सरकारले घोषणा गरेको छ  ।