काठमाडौं । चर्चित हास्य कलाकार पल्पसा डंगोल ‘चम्सुरी’ को बुधबार(आज) मिर्गौला प्रत्यारोपण हुँदैछ ।
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उनको एउटा मिर्गौला प्रत्यारोपण गर्न लागिएको हो ।
भाइ नाता पर्ने एक व्यक्तिले उनलाई मिर्गौला दान गरेको बताइएको छ । प्रत्यारोपणपछि पल्पसा एक साता अस्पतालमै रहनुपर्नेछ भने मिर्गौला दान गर्ने व्यक्तिले चार दिन आराम गर्नुपर्नेछ ।
मिर्गौला प्रत्यारोपण गर्न १२ लाख रुपैयाँ खर्च हुने जनाइएको छ ।पाँच वर्षअघि नै पल्पसाको मिर्गौलामा समस्या देखिएको थियो ।